केपी शर्मा ओलीले नागरिक स्वतन्त्रतामाथि प्रहार : डा. केसी

८ फागुन,काठमाण्डौ। चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री भएदेखि नै केपी शर्मा ओलीले नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। शनिबार माइतीघर मण्डलामा ‘अहिंसात्मक नागरिक प्रदर्शन’लाई सम्बोधन गर्दै डा. केसीले प्रधानमन्त्री ओलीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको बताए।

अर्को प्रसंगमा उनले कामचलाउ सरकारबाट संवैधानिक निकायमा रिक्त पदापदकारी नियुक्ति हुन आपत्तिजन भएको टिप्पणी गरे। ओलीमा शक्तिको उन्माद रहेको केसीको आरोप छ।

विभिन्न माग राख्दै फागुन १२ गतेदेखि अनशन थाल्ने घोषणा गरेका डा. केसीले आफूले अघि सारेका मागहरु पूरा नभए पूर्वघोषणाअनुसार नै अनशन सुरु गर्ने पनि बताए।

डा. केसीले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा हुनुपर्नेु, अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द हुनुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गनुपर्ने मागसहित फागुन १२ गतेदेखि अनशन थाल्ने घोषणा गरेका छन्।

[sidebar name="button post"]