पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

८ फागुन, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।

शनिबार थप १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

[sidebar name="button post"]