चामुण्डा विद्यालय पूर्व विद्यार्थी मञ्चद्धारा आयोजित प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

८ फागुन, काठमाण्डौ। चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चद्धारा आज आयोजित प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पूर्व सुचना तथा सञ्चार मन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय सदस्य, खेलकूद विभाग प्रमुख मोहन बहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पुर्व विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो। सम्मान हुनेमा पूर्व विद्यार्थी उत्तम संजेल र चामुण्डा स्कुलका पुर्व शिक्षक देबी ढुंगाना र निर्मला ढकाल लगायत अन्य शिक्षकहरु पनि सम्मानित हुनुभएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नगरपालिका भित्र खेलकुदलाई आफुले सकेसम्मको सहयोग गर्ने बताउनु भयो।

त्यस्तै समता स्कुलका संस्थापक अध्यक्ष उत्तम संजेलले स्कुलले आफुलाई सम्झेकोमा खुसि व्यक्त गर्नु भयो।

[sidebar name="button post"]