कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा बुवा नियन्त्रणमा

१५ माघ, जनकपुरधाम । नेपाल प्रहरीले आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा बुवालाई नियन्त्रणमा लिएको छ ।

आज देशभर कति थपिए कोरोना संक्रमित ?

१५ माघ, काठमाडौं । नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी आज कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

१५ माघ, सप्तरी । कोशी ब्यारेज मेलामा भर्न तीन सवार मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल सवार दुई जना घाइते भएका छन ।

सर्वोच्चले भन्यो : सात दिनभित्र आफै लिखित जवाफ पेस गर्नु

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ७ दिनमा अदालतमा हाजिर हुन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफै लिखित पेश गर्न आदेश दिएको हो ।

चुरे पहाडको फेदीमै रहेको ‘विष्णुधाम’ पर्यटकको रोजाइमा

१५ माघ, कञ्चनपुर। भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित चुरे पहाडको फेदीमै रहेको विष्णुधाम (साकेतधाम) पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट पाँच किलोमिटर उत्तरतर्फको दूरीमा रहेको विष्णुधाम क्षेत्र एकान्तमा रम्नेका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

रु आठ करोड बक्यौता तिर्न बाँकी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१५ माघ, काठमाण्डौ। उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिनुभयो ।

लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने: भट्टराई

१५ माघ, इलाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी ओलीले गल्ती स्वीकारेमा एकता सम्भव हुने बताउनु भएको छ । इलामको सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गर्नुभएको हो ।

महामारीका बाबजूद पनि सामसुङकाे कारोबारमा व्यापक सुधार

१५ माघ, सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।

बेइजिङमा ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह

१५ मााघ सिन्ह्वा । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

१५ माघ, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

माइतीघरमा आजपनि धर्ना

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनलाई सघाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आजपनि माइतीघर मण्डेलामा धर्ना दिएको छ । संसद् विघटन गर्न पाइँदैन, निरङकुशतन्त्र चाहिंदैन जस्ता प्लेकार्ड बोकेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको धर्ना अहिले जारी छ । आज प्रदेश सभा सदस्यहरुको सहभागिता छ । हिजो संघीय संसद्का सदस्यहरु पनि यस्तै धर्ना कार्यक्रममा सहभागी भएका थिए ।

अरबपति उद्योगी चौधरीको नेतृत्वमा गरीखाने अभियान सुरु

१५ माघ, काठमाडौं । अरबपति उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियानको बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो ।

चिसो पानीमा डुबुल्की मार्दै एकमहिने माधवनारायण मेला शुरु

१५ माघ,भक्तपुर । माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ ।

लामाे नङ पालेर विश्व रेकर्ड कायम गर्ने दिनेशसिंह यादवकाे धोको

१५ माघ, जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उहाँ विगत १० वर्षदेखि नङ पाल्दै आइराख्नुभएको छ ।

जुम्लाका किसान फुजी स्याउप्रति आकर्षित

१५ माघ, खलङगा। पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो ।

एसईई यस वर्ष कुन विधिबाट गर्ने भन्‍नेमा गृहकार्य शुरु

१५ माघ, काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ यस वर्ष कुन विधिबाट गर्ने भन्‍नेमा गृहकार्य शुरु भएको छ ।

अबको आन्दोलनले ओलीको सातोपुत्लो उड्छ : प्रचण्ड–माधव समूह

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले अबको आन्दोलनले प्रधानमन्त्री केपी ओलीको सातोपुत्लो उड्ने टिप्पणी गरेको छ । आज बसेको सचिवालय बैठकले ओलीको सम्भावित कदमलाई ध्यानमा राखी थप कार्यक्रम तय गर्नुपर्ने निश्कर्षसमेत निकालेको एक नेताले बताए ।

सर्वाेच्चमा मानहानी गरेको मुद्धामा सुनुवाई सुरू

१५ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीको संवैधानिक अधिकार हो की होइन भनेर अहिले सर्वाेच्च अदालतमा वहस पैरवी भइरहेको छ । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाको अध्यक्षतमा पाँच सदस्यीय संवैधानिक इजलाश गठन भएको छ । सुनुवाई जारी छ । तर यो मुद्धालाई प्रभावित पार्न सरोकारवालाहरु प्रयासरत छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्याे:- नेपालमा भ्रष्टाचार बढ्याे !

१५ माघ, काठमाडौं । सुशासन र भ्रष्टाचारको अवस्थाबारे अध्ययन गर्न स्थापित विश्वकै प्रतिष्ठित संगठन ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । कुल १८० देशमा गरिएको अध्ययन अनुसार, नेपाल ११७ औं सूचिमा परेको इन्टरनेसनलले आज जारी गरेको प्रतिबेदनमा उल्लेख छ । गएको वर्ष नेपाल ११३ औं स्थानमा थियो ।

आज सुनको मूल्यमा सामान्य गिरावट

१५ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

१५ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले माघ ११ मा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट लिएर गएका थिए । सो रिटको काउन्टरमा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट दायर भएका छन् ।

श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका एक पक्राउ

१५ माघ, सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो ।

दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढ्याे

१५ माघ, काठमाडौं । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राँगोले हान्दा वृद्धको घटनास्थलमै मृत्यु

१५ माघ, महेन्द्रनगर। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

सुन खोजेर भेटिन्छ ! पशुपतिमा सुन खोजेरै १९ वर्ष बिताएका राजु तामाङको कथा

प्रविणराज चालिसे अहिले पनि सुन खोजेर भेटिन्छ । त्यो पनि नेपालको राजधानी काठमाण्डौमा । हिन्दु धर्मका आराध्यादेव पशुपतिनाथ रहेको वाग्मती नदि किनारमा सुन खोज्नेहरु भेटिन्छन् । उनीहरुले सुन खोजेको देख्ने अरु धेरैको ध्यान पनि तानेको हुन्छ । मानिसहरूलाई लाग्न सक्छ उनीहरूले कति सुन भेटे होलान् ? दिनहुँ सुन कति भेटिंदो हो । सुन भेट्नेहरुले कति कमाए होलान् ? उनीहरुको जीवनशैली कस्तो छ होला ? यस्तै यस्तै ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाइ हरायो शेफिल्ड युनाइटेडले

शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको हो। पुछारको टिम शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् ।

आज मिति वि.सं. २०७७ साल माघ १५ गते बिहीबार, कस्तो छ तपाईंको राशिफल ?

[sidebar name="button post"]