माइतीघरमा आजपनि धर्ना

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनलाई सघाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आजपनि माइतीघर मण्डेलामा धर्ना दिएको छ ।

संसद् विघटन गर्न पाइँदैन, निरङकुशतन्त्र चाहिंदैन जस्ता प्लेकार्ड बोकेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको धर्ना अहिले जारी छ । आज प्रदेश सभा सदस्यहरुको सहभागिता छ । हिजो संघीय संसद्का सदस्यहरु पनि यस्तै धर्ना कार्यक्रममा सहभागी भएका थिए ।

संविधान , संघीयता र गणतन्त्रको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको समूहका नेताहरुले जनाएका छन् । सहभागीका अनुसार, माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना दिइने छ ।

[sidebar name="button post"]