१५ माघ, इलाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी ओलीले गल्ती स्वीकारेमा एकता सम्भव हुने बताउनु भएको छ ।
इलामको सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गर्नुभएको हो । ।
पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत ‘जबज’को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताउनुभयो ।
संसदमा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताउनुभयो ।
सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गर्नुभयो ।
[sidebar name="button post"]











