१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ७ दिनमा अदालतमा हाजिर हुन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफै लिखित पेश गर्न आदेश दिएको हो ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार प्रधानमन्त्री ओली, चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीलाई सात दिनभित्र आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
[sidebar name="button post"]











