मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

 १५ माघ, सप्तरी । कोशी ब्यारेज मेलामा भर्न तीन सवार मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल सवार दुई जना घाइते भएका छन ।

सो दुर्घटनामा परेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरा मुखिया टोल बस्ने ३० वर्षीय मोटरसाइकल चालक शिवकुमार मुखियाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । दुर्घटना पश्चात घाइते उनको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा बिहान ८ः३० बजेको समयमा मृत्यु भएको उनले बताए ।

मोटरसाइकलमा तीन जना सवार भएर पुस महिनाको पूर्णिमा मेला भर्न कोसी ब्यारेज जाँदै गरेको अवस्थामा पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम आउँदै गर्दा हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेज स्थितमा नहर बाटोको उतर छेउमा पहिला देखि बिग्रेर राखेको पुरानो रोलरमा अनियन्त्रित भई बिहान ७ः३० ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त स ३ प ३०४७ नम्बरको मोटरसाइकल पछाडी सवार तिलाठी कोइलाडी गाउँपालिका ३ सखरपुरा मुखिया टोलकै २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ्ग गम्भीर घाइते भएका छन । उनीहरुको बिराटनगर गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

यता मृतकको लाश पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगरमा राखिएको छ । दुर्घटनामा प्रयोग भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यभइरहेको प्रहरीले बताइएको छ ।

[sidebar name="button post"]