आजका मुख्य समाचारमा
पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित थपिए ?
१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले बुधबार ४ हजार ३८२ नमुना परीक्षण गर्दा २८३ मा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो ।
रिटमा अब बहस गर्ने समय १५ मिनेट
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा अब बहस गर्ने समय १५ मिनेट तोकिएको छ । बुधबार इजलासको अन्तिममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोही समय तोकेका हुन् ।
भक्तपुरमा खोप अभियान शुरु, पहिलो चरणको खोप चार हजारलाई दिइने
१४ माघ, भक्तपुर। पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो ।
डोटीमा फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जनालाई खोप
१४ माघ, डोटी । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा आज ११ बजेबाट उक्त अभियान शुरु भएको हो । भारत सरकारको सहयोगमा ल्याइएको सो खोप पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलगायतकालाई लगाउने योजनानुसार शुभारम्भ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टलाई कोभिड–१९ खोप
१४ माघ, महेन्द्रनगर। कञ्चनपुरका कोभिड–१९ विरुद्धको पहिलो खोप आज बिहान महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठलाई लगाइएको छ । यहाँ आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुरुआतका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीले पनि खोप लगाएका छन् ।
सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने
१४ माघ, एजेन्सी । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो ।
ट्रम्पमाथिको महाभियोगको विपक्षमा रिपब्लीकन सिनेटरहरु उभिने संकेत
१४ माघ, वासिङ्टन। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उहाँ विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ ।
चीनमा दिन प्रतिदिन कोरोना भाइरसका सङ्क्रमित बढ्दै
१४ माघ, बेइजिङ। चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो ।
कोरोना सङ्क्रमितको संख्या विश्वभरी १० करोड नाघ्यो
१४ माघ, वासिङ्टन। विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
गोठीगाउँ भीषण आगलागीबाट तीन करोड भन्दा बढीको क्षति
१४ माघ, खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताउनुभयो ।
सुवासचन्द्र नेम्वाङको अभिव्यक्ति टिपोटमा राखेका छौं : प्रधानन्यायाधीश जबरा
१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् ।
चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनीय
१४ माघ, धादिङ । कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे आन्दोलन सर्वसम्मत
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांग्रेसले गत पुष १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।
रुपन्देहीलाई विकासका हिसाबले पछि पर्न दिदैनौं : पौडेल
१४ माघ, रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएको छ । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए । उनले भने, “विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।”
चार जना पूर्व प्रधानन्यायधीशविरुद्ध मानहानी मुद्धा दायर
१४ माघ, काठमाडौं । चार जना पूर्व प्रधानन्यायधीशहरुले सर्वाेच्च अदालतको मानहानी हुनेगरी वक्तव्य जारी गरेको भन्दै आज सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ । अधिवक्ता लोचन भट्टराईले दायर गरेको अपहेलना मुद्धा आज भने दर्ता भएको छ । उनले हिजै यो मुद्धा दायर गर्न खोजेका थिए । अधिवक्ता भट्टराईले पूर्व प्रधानन्यायधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई विपक्षी बनाएका छन् ।
भोलिबाट एक महिनासम्म लाग्ने सालिनदि मेला सुरु हुँदै, आज ‘चिभ्वय नयेगु’ मनाइंदै
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्माका दिन देखि माघ शुक्ल पूर्णिमासम्म मनाइने हिन्दू धर्मावलम्बीहरुको श्री स्वस्थानी व्रत भोलिबाट शुरु हुँदैछ।
सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्याे
१४ माघ, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।
राष्ट्रपति भएपछि बाइडनको पुटिनसँग पहिलो टेलिफोन वार्ता
१४ माघ, एजेन्सी। एक साताअघि पदभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रूसी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।
तीन महिनाभित्र नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने : प्रधानमन्त्रि ओली
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनु भएको छ ।
सिरहाका तीन हजार ९३० लाई कोरोनाविरुद्ध खोप लगाइने
१४ माघ, लहान। पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ ।सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ ।
कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालयमा बढे विद्यार्थी
१४ माघ, इलाम। कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् ।
बाक्लो हुस्सु र शीतलहरका कारण तीन दिन विद्यालयमा बिदा
१४ माघ, लहान। विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो ।
करिब एक वर्ष रोकिएको प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय
१४ माघ, काभ्रेपलाञ्चोक। प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ ।
बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि
१४ माग, सउल। दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो ।
एकल महिला सान्नानी लामा : आफ्नै आँट र साहसले राजनीति र समाजसेवामा क्रियाशिल
समिता श्रेष्ठ राजनीति र समाजसेवामा सक्रिय सान्नानी लामा काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा २०२२ साल मंसिरमा जन्मनुभएको हो । उहाँको परिवारमा २ छोरा, बुहारी र नातीनातिनी गरी ६ जना छन् । लामाले साधारण माध्यमिक तहसम्म अध्ययन गर्नुभएको छ । उहाँको बाल्यकाल सामान्य रुपमा नै बित्यो ।











