सिरहाका तीन हजार ९३० लाई कोरोनाविरुद्ध खोप लगाइने

१४ माघ, लहान। पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ ।

कोरोनाविरुद्धको खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी आज बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिने उहाँको भनाइ छ ।

[sidebar name="button post"]