१४ माघ, काठमाडौं । चार जना पूर्व प्रधानन्यायधीशहरुले सर्वाेच्च अदालतको मानहानी हुनेगरी वक्तव्य जारी गरेको भन्दै आज सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ ।
अधिवक्ता लोचन भट्टराईले दायर गरेको अपहेलना मुद्धा आज भने दर्ता भएको छ । उनले हिजै यो मुद्धा दायर गर्न खोजेका थिए । अधिवक्ता भट्टराईले पूर्व प्रधानन्यायधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई विपक्षी बनाएका छन् ।
उनीहरुले केही समयअघि संयुक्त रुपमा विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका थिए । उक्त आरोपले सर्वाेच्च अदालतको मानहानी भएको भन्दै अधिवक्ता भट्टराईले मुद्धा दायर गरेका हुन् ।
उक्त मुद्धाको पेशी भोलिका लागि तोकिएकोछ । यसअघि हिजै पनि प्रधानमन्त्री ओली विरुद्ध दुईवटा र पूर्व सभामुख दमननाथ ढुँगानाविरुद्ध मानहानी मुद्धा दायर भएको छ ।











