आज पुस १८ गते शनिबार देश तथा विदेशमा घटेका महत्वपुर्ण समाचार

आजका मुख्य समाचारमा

संसद विघटनको विरोधमा प्रचण्ड-माधव समूहद्धारा दोस्रो चरणको आन्दोलन घोषणा
नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

संसद पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीकाे दाबी
प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले देश चुनावमा गएको र निर्वाचन आयोगले चुनावको तयारी थालेको बताए ।

ओली समूहकाे भेलामा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध
केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान ‘कमलादी’ मा भेला आयोजना गरेको हो।

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी
सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप  ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

नेकपाका जिल्ला अध्यक्ष र सचिव को-को भए ? (सूचीसहित)
संसद विघटन पछि नेकपा दुइ समुह मा विभाजित भएको छ । केन्द्र सहित प्रदेश एवम् जिल्ला समेत विभाजित हुनपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल समूहमा विभाजित भए पछि दुबै समूहले प्रादेशिक भेला सम्पन्न गरीसकेको छ ।

नेपालमा पनि जलपन्छी गणना सुरु
हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना सुरु भएको छ ।

बाटो काट्ने क्रममा १५ दिनमा ८ पैदलयात्रीको मृत्यु
काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा पछिल्लो १५ दिनमा ८ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेकाले सवारी दुर्घटना बढेको हो ।

कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा युवा अलमलमा
कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ‘इपिएस’ मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ ।

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो ।

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयवासी उत्साहित
कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ ।

सरकारलाई घेराबन्दी गरेपछि संसद् विघटन गर्न बाध्य : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताउनुभएको छ । उहाँले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताउनुभयो ।

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु
बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

२४ घण्टा यता नेपालमा कति भए कोरोनामुक्त, कतिको मृत्यु ?
पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ ।

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
कोभिड–१९ को संक्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् ।

देशकै पहिलो चिया बगान मासिँदै, सरोकारवाला चिन्तित
‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया बगानको हविगत भने ठ्याक्कै विपरीत छ ।

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष नियन्त्रणमा
उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् ।

अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
महोत्तरीको सशस्त्र प्रहरीले अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् ।

स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै
सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।

पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशन माघमा
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ ।

कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने काम अघि बढ्यो
उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ ।

सन्दीपले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् । अष्ट्रेलियामा जारि बिग बास लिग ‘बीबीएल’ टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धको खेलमार्फत सन्दीपले होबार्टको लागि पहिलो खेल खेल्दैछन् ।

कर्णालीका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य
कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संरक्षित वन्यजन्तु पाटेबाघको कारको ठक्करबाट मृत्यु
बाराको जितपुरमा नेपालको संरक्षित वन्यजन्तु पाटेबाघको कारको ठक्करबाट मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई ठक्कर दिएको हो ।

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो ।

आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।

भौतिकतामा डुबेको समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने
विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ ।

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने
रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो खारेज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ । सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्नुभएको थियो ।

[sidebar name="button post"]