२४ घण्टा यता नेपालमा कति भए कोरोनामुक्त, कतिको मृत्यु ?

१८ पुस, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप  ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।

[sidebar name="button post"]