१८ पुष, काठमाडौं । केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान ‘कमलादी’ मा भेला आयोजना गरेको हो।
भेलामा नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायत उपस्थित भइसकेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म आइपुगेका छैनन्। भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।
कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।











