Ad #144479

आजका मुख्य समाचारमा

ओलीको मोह चीन भन्दा भारततिर बढी, दिल्ली जान किन आतूर ?
दुईतिहाई वहुमत नजिक रहेको प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यसमा  धेरैले टिप्पणी गरेका छन् ।  ओलीको यस्तो शैली र प्रवृत्तिले निकट नेताहरु नै चकित भएका छन् । तर सबैले अनुमान गरे झैं यो प्रकरणमा कतै न कतै विदेशी शक्तिको हात हुन सक्ने अनुमान उनीहरुलेसमेत गरेका छन् ।

प्रचण्डलाई भेट्न बामदेव खुमलटार
प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

राष्ट्रियसभा : १ जना सांसद र ५ कर्मचारीलाई कोरोना पुष्टि
राष्ट्रियसभाका सांसद र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जना सांसद र ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

यी लक्षणहरू देखिएपछि नयाँ कोरोना भाइरस हुनसक्छ
बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक
कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।

२४ घण्टा यता काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यकामा थप १६७ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही बेरअघि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गर्नुभएको थियो । बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

२४ घण्टा यता कति भए कोरोनामुक्त, कतिको मृत्यु ?
पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ ।

सशस्त्रका ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक ‘एसएसपी’ लाई प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।

समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

नेकपाभित्रको आन्तरिक किचलोले प्रतिनिधिसभा विघटन : शर्मा
शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए । प्रतिपक्षको अर्गेल्याइँको कारणले नभएर सत्तारुढ पार्टीभित्रकै कारणले विघटन हुन पुगेको उनले बताए ।

निर्धारित समयमा पनि गोरखा दरबारको पुनःनिर्माण पूरा हुन सकेन
१७ पुष, गोरखा । गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो ।

निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति स्वीकृत
निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ । निर्वाचनका सबै चरण र प्रक्रियालाई लैङ्गिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत गरेको हो ।

आखिर किन यस्तो गरिन दीपिकाले, नयाँ वर्षको अघिल्लो दिन
लिउड नायिका दीपिका पादुकोण यतिबेला आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन् । सन् २०२१ को सुरुवातसँगै बलिउड अभिनेत्री दीपीका पादुकोणले सामाजिक सञ्जालका आफ्ना पुराना पोस्टहरु हटाएकी छन् ।

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड दुई लाख भन्दा बढी
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश
वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक ‘अधिवेशन’ आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी माघदेखि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक सञ्चालन हुँदै
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ ।

चन्द्रागिरी हिल्सले पुस २४ देखि आईपीओ बिक्री खुला गर्ने
चन्द्रागिरी हिल्सले पुस २४ देखि सर्वसाधारणमा धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन ‘आईपीओ’ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

सम्हाले सुदूरका मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिनुभएको छ ।

सन्दीपले बिग बास लिगमा पहिलो खेल शनिबार खेल्ने
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि सन्दीपले पहिलो खेल आफ्नै पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता मण्डललाई हटाउने
सत्तारुढ नेकपा विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने भएको छ । ओली पक्षका नेता मण्डललाई प्रचण्ड माधव नेपाल समूहले दलको नेताबाट हटाउने तयारी गरेको हो ।

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।

सडकबाट राजसंस्था फर्काउने कमल थापाकाे चेतावनी
राप्रपाका अध्यक्ष कमल थापाले सडकबाट राजसंस्था फर्काउने चेतावनी दिएका छन् । सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित माग पूरा नभएमा सडकबाटै आफ्ना मान्यता स्थापित थापाले चेतावनी दिएका हुन् ।

अध्यादेश फिर्ता लिन सरकारसँग कांग्रेसको माग
नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ। संविधानविपरित प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएकोले फिर्ता लिन कांग्रेसले माग गरेको हो ।

नेपाल टेलिकमकाे आईपी टीभी सेवा सञ्चालन
नेपाल टेलिकमले एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ। हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा शुक्रबारदेखि आईपी टिभी सेवा पनि थप गरेको हो।सो सेवाको शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आईपी टिभी सेवाको उद्घाटन गर्नुभयो।

आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन, अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

खोलामा बेवारिसे अवस्थामा शव फेला
कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

एक आर्थिक वर्षमा रु १६ करोड सामाजिक सुरक्षा भत्ता वितरण
महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।

आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्व र पश्चिमको पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम शुक्रबार सामान्यतयता सफा रहने जनाएको छ ।

यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट
सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।