१७ पुष, काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले नयाँ विद्यालय सञ्चालन गर्नु परेमा नगरपालिकामा निवेदन दिन आग्रह गरेको छ ।
नयाँ विद्यालय सञ्चालन गर्नुपरेमा, कक्षा थप गर्न वा विद्यालय स्थानान्तरण गर्नु परेमा यो महिनाभरीमा निवेदन दिइसक्न नगरपालिकाले सूचनामार्फत् आग्रह गरेको हो । त्यसको लागि नागरिकताको प्रतिलिपि सहित अन्य आवश्यक कागजात नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा बुझाउन आग्रह गरिएको छ ।
काठमाण्डौको अन्य ठाउँबाट कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण हुन चाहाने विद्यालयले अहिले सञ्चालनमा रहेको ब्यहोरा खुल्ने विवरण, सम्बन्धित पालिकाबाट स्थानान्तरण भई जान दिएको सहमतिपत्र पेस गर्नुपर्नेछ ।
यस्तै कम्पनीमा दर्ता भएको विद्यालयले यस वर्षको कम्पनी अद्यावधिक गरिएको पत्रका साथै रित पुर्वक स्थानान्तरण गर्न चाहेको वडाको सहमतिसहित २ वटा छिमेकी विद्यालयको सहमतिपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।











