Ad #144479

१७ पुष, जनकपुर । सत्तारुढ नेकपा विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने भएको छ । ओली पक्षका नेता मण्डललाई प्रचण्ड माधव नेपाल समूहले दलको नेताबाट हटाउने तयारी गरेको हो ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड नेपाल पक्षको दाबी छ । कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाउने तयारी प्रचण्ड माधव नेपाल समूहको छ ।