१७ पुष, काठमाडौं । दुईतिहाई वहुमत नजिक रहेको प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यसमा धेरैले टिप्पणी गरेका छन् । ओलीको यस्तो शैली र प्रवृत्तिले निकट नेताहरु नै चकित भएका छन् । तर सबैले अनुमान गरे झैं यो प्रकरणमा कतै न कतै विदेशी शक्तिको हात हुन सक्ने अनुमान उनीहरुलेसमेत गरेका छन् ।
किनभने यो प्रकरणमा कुनै न कुनै रुपमा विदेशी शक्तिकै हात रहेको देखिन्छ । केही सातादेखि नेपालमा उत्तरी र दक्षिणी छिमेकीबाट उच्चस्तरीय भ्रमण दलको लर्काे लागिरहेको थियो । चिनियाँ राजदूत यान्छी त खुलेरै मैदानमा ओर्लिएकी थिएन । साथै, चिनियाँ रक्षामन्त्रीसमेत नेपाल आएर गए ।
नेकपा भित्रको समस्या हल गर्न ओलीले एउटा पदबाट राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने चीनको प्रष्ट धारणा पाएपछि परिस्थितिले अर्काे रुप लिएको हो । त्यसपछि ओलीको मोह चीन भन्दा भारततिर बढी देखियो । उनले भारतीय सेना प्रमुखदेखि खुफिया एजेन्सी रअ प्रमुखलाई बोलाएर राम्रो मन्त्रणा गरे । त्यसैका भरमा ओलीले प्रतिनिधिसभा नै विघटन गर्ने आँट गरेकाे अनुमान छ ।
दक्षिणी छिमेकीको यसमा कुनै न कुनै रुपमा संलग्नता रहेको आरोप पुष्टी गर्ने गरी ओलीले फेरि अर्काे तयारी थालेका छन् । पार्टी नै विभाजन गर्ने अवस्था आइसक्दासमेत ओली भने आफ्नो अभियानबाट तलमाथि नगर्ने गरी छिमेकीको ठूलो भर गरेकाछन् । यही प्रयोजनका लागि ओलीले भारतको भ्रमण गर्ने तयारी थालेका छन् ।
भ्रमणको वातावरण बनाउन ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई जनवरीको दोस्रो साता नयाँ दिल्ली भ्रमणमा पठाउँदै छन् । त्यसपछि ओली नै भारतीय समकक्षी नरेन्द्र मोदीको विशेष पाहुना भएर सयर गर्ने भएका छन् । यस्तो विषम परिस्थितिमा ओली दिल्ली जान किन आतूर भएका होलान् त ? याे सबैकाे चासाेकाे विषय बनेकाे छ ।












