Ad #144479

एजेन्सी ।  बलिउड नायिका दीपिका पादुकोण यतिबेला आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन् ।

सन् २०२१ को सुरुवातसँगै बलिउड अभिनेत्री दीपीका पादुकोणले सामाजिक सञ्जालका आफ्ना पुराना पोस्टहरु हटाएकी छन् । दीपीकाले इन्स्टाग्राम, ट्विटर लगायत सामाजिक सञ्जालमा रहेका आफ्ना पुराना पोस्टहरु हटाएकी हुन् ।

यसैबीच नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन् । दीपिका पादुकोणको सबै सोसल मिडिया – इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन् । यसले धेरैमा उत्सुकता जगाएको छ ।

तर, यसैबीच दीपिकाको अकाउन्ट ह्याक भएको हुन सक्ने पनि धेरैको अनुमान छ । पछिल्लो समय भारतीय कलाकारहरूको सामाजिक सञ्जाल ह्याक हुने क्रम बढीरहेको छ ।

दीपिका पादुकोणको इन्स्टाग्राममा ५ करोड बढी फलोअर्स छन्, यस्तै ट्वीटर र फेसबुकमा पनि उनका राम्रै फलोअर्स छन् । दीपिकाका अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन् । उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ ।