आजका मुख्य समाचारमा
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।
चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा सिफारिश
न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ ।
बादल बने वाग्मती प्रदेश इन्चार्ज
नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।
मुस्लिम आयोग र महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६-०७७ को प्रतिवेदन आज पेश गर्नुभएको छ ।
संसदीय दलको नेता चयन गर्ने तयारी गर्दै जसपा
पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ ।
अब एमाले सग्लो रहनेवाला छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् ।
सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवा
कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।
बर्दियामा बाघको आक्रमणबाट आठको मृत्यु
चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ ।
एक हप्तापछि भट्टराईको शव बुझे आफन्तले
जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् ।
दक्षिण अफ्रिकी जुलु समुदायका राजाको निधन
दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ ।
फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
४५ अधिकृत उपसचिवमा बढुवा
सरकारले ४५ अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा गरिएको हो ।
सेरम इन्स्टिच्युटले सम्झौता अनुसार नेपाललाई बाँकी खोप तत्काल उपलब्ध गराउन नसक्ने
नेपालसँग कोरोनाविरुद्ध खोप खरिद सम्झौंता गरेको भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले सम्झौता अनुसार नेपाललाई बाँकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ। सेरमले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई दिन बाकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको हो ।
अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता कारागारमै
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।
कविलास रिसोर्ट स्वदेशी र विदेशी पर्यटकको रोजाइमा
जिल्लाको समथर भूभाग छाडेर उत्तरपट्टि कविलासडाँडाको पाखामा रहेको ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ मा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक त्यहीँको उत्पादनको स्वाद लिएर रमाइरहेका छन् ।
सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ, मर्मतमा चाँसो नदिँदा नागरिक मार खेप्दै
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन ।
कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न
कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाण्डौ महानगरपालिकाले जानकारी गराएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।
आज फागुन २८ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?
आज मिति वि सं २०७७ साल फागुन २८ गते शुक्रबार। तपाईंको राशिफल












