२८ फागुन, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार मूल्य केही बढे पनि शुक्रबार पुनः ओरालो लागेको हो। आज सुनको मूल्य बिहीबारको तुलनामा ६ सय रुपैयाँले घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य ८६ हजार ८ सय रुपैयाँ थियो। त्यस्तै महासंघका अनुसार चाँदी एक हजार २ सय ७० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार २ सय ८५ रुपैयाँ कायम भएको थियो ।












