Ad #144479

२८ फागुन, काठमाण्डौ। सरकारले ४५ अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा गरिएको हो ।

पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका छन् ।