आजका मुख्य समाचारमा
आज थप १०५ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा मंगलबार थप १०५ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डाँछीस्थित कान्तिपुर क्याम्पसद्वारा निशुल्क पाठ्य पुस्तक
काठमाण्डौको कागेश्वरी नगरपालिका वडा नं ५ डाँछीमा रहेको कान्तिपुर क्याम्पसले निशुल्क पाठ्य पुस्तक वितरण गरेको छ। क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको लागि आउँदो वर्षबाट निशुल्क वितरण गर्ने भएको छ। त्यसैगरी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि यहि शैक्षिक वर्षदेखि नै निशुल्क पुस्तक वितरण गरेको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेलले जानकारी दिनुभयो।
अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाइने
अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गर्दै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था मिलाएको छ ।
भारतमा यात्रुवाहक बस नहरमा खस्दा ३७ जनाको मृत्यु
भारतमा यात्रुवाहक बस पुलबाट नहरमा खस्दा ३७ जनाको मृत्यु भएकाे छ । मध्यप्रदेशस्थित सीधी जिल्लाको सतना गाउँनजिकै बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हाे ।
भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा महेन्द्रनगरबाट एक जना पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको कञ्चनपुर प्रहरी स्रोतले जनायो ।
सगरमाथा इन्जिनीयरिङ कलेज विद्यार्थीको रोजाइमा
किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थाल्याे
जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ ।
नाइजेरियाकी विश्व व्यापार संगठनको प्रमुखमा ओकोन्जो नियुक्त
नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन ‘डब्लुटिओ’ को प्रमुखमा नियुक्त हुनु भएको छ । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल हुनुभएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।
डढेलोे नियन्त्रण पूर्व तयारीका सामग्री सङ्कलनलाई पहिलो प्राथमिकता दिइने
पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।
स्याङ्जाको भीरकोटमा प्रथम आलु महोत्सव हुने
स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ ।
टेस्ट क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित
भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।









