डाँछीस्थित कान्तिपुर क्याम्पसद्वारा निशुल्क पाठ्य पुस्तक वितरण

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

रमिता दंगाल

४ फागुन, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी नगरपालिका वडा नं ५ डाँछीमा रहेको कान्तिपुर क्याम्पसले निशुल्क पाठ्य पुस्तक वितरण गरेको छ। क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको लागि आउँदो वर्षबाट निशुल्क वितरण गर्ने भएको छ। त्यसैगरी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि यहि शैक्षिक वर्षदेखि नै निशुल्क पुस्तक वितरण गरेको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेलले जानकारी दिनुभयो।

फिल्ड वोर्क, केस स्टडी , सेमिनार गतिबिधिमा जोड दिंदै आएको यस क्याम्पसले नयाँ भर्ना कार्यक्रममा जेहेन्दार, गरिब, अपाङ्ग, दलित, जनजाति, आधिबासी, दुर्गम स्थानका विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रममा निरन्तरता दिंदै आएको प्रमुख कुईंकेलले बताउनु भयो। निशुल्क पुस्तक पाउँदा कतिपय आर्थिक समस्यामा परेका विद्यार्थीहरुका लागि राहत मिलेको छ।

कान्तिपुर क्याम्पसको शैक्षिक सत्र २०७७/७८ का लागि स्नातक तहको प्रथम वर्ष(बि.ए. र बि.बि.एस. )को लागि नयाँ भर्ना कार्यक्रम आरम्भ गरिएको छ। काठमाण्डौको उत्तर पूर्वी क्षेत्रमा रहेको काठमाण्डौ साँखु मूल सडकको कागेश्वरी वडा नम्बर ५ डाँछीमा अवस्थित यस क्याम्पसले बिगत २ दशक देखि बि.ए. र बि.बि.एस.का विविध कक्षा साथै +२ अन्तर्गतका कक्षा संचालन गर्दै आएको कुईंकेलले कागेश्वरी खबरलाई बताउनु भयो ।

क्याम्पसले ग्रामिण महिला वर्गको समक्षले शैक्षिक उन्ययन जागरण सिर्जना गर्ने उदेश्यबाट वाणिज्य प्रशासन,विज्ञान,जनसंख्या,पत्रकारिता ,समाजशास्त्र विषयलाई प्राथमिकता दिएको छ। साथै पिछडिएका वर्ग र महिला वर्गलाई शिक्षा अवसर प्रदान र समय सापेक्ष जनशक्तिमा परिणत गरि रोजगार मुलक शिक्षा प्रदान गर्दै आएको छ।

इन्डोर गेम र आउट डोर गेम संचालन गर्दै आएको यस क्याम्पसले विभिन्न धर्म संस्कृतिबाट आएको विद्यार्थीलाई सांस्कृतिक क्रियाकलापमा सहभागी गराउँदै आएको छ। क्याम्पसले ल्याएको यस आयोजनाले आर्थिक अवस्था कमजोर भएका तर पढाईमा रुचि राख्ने विद्यार्थीहरुलाई सहज भएको छ। साथै आर्थिक अवस्थाका कारण पढाईबाट बञ्चित हुने बाध्यता हटेको छ।


  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares