गर्भवती महिलाले कोभिड १९ को भ्याक्सिन लगाउन हुने की नहुने?

गर्भवती महिलाहरूले कोभिड १९ को भ्याक्सिन लगाउन हुने की नहुने भन्ने बारेमा विभिन्न मत आइ राखेको छ। सबै विज्ञहरू सहमत छन् कि कुनै पनि कोभिड १९ को खोपले प्रतिकुल असर पार्ने सम्भावना छ भन्ने कुनै प्रमाण भेटीएको छैन। यद्यपि केहि संगठनहरू आमा वा बच्चाको हितका लागि; अरु भन्दा बढी सतर्क भइरहेका छन्, जस कारण उनीहरू खोपको प्रयोगको पक्षमा छैनन्।

जो महिला कोरोना संक्रमणको उच्च जोखिममा छन् उनीहरूलाई बढ्दो जोखिममा खोप लगाउँदा ठिक हुने की नहुने बारेका जान्न हाल अत्यन्त महत्वपुर्ण छ। किन भने हाल गर्भवती महिलाहरू नै कोरोनाको संक्रमण उच्च जोखिममा छन्, मृत्युको एक अधिक जोखिमको सामना गरी राखेका छन्। कोभिड लागेका गर्भवती महिलाहरू बढी जोखिममा हुने भएकाले कोभिडको खोप लाउनु पर्छ भन्ने कुराहरू पनि आई राखेकोछ।

डव्लु एच ओं को अनुसार जो महिला कोरोना संक्रमणको उच्च जोखिममा छन् उनीहरूलाई कोभिडको खोप लागाउन जरूरी रहेको मत व्यक्त गरेकोछ। गर्भवती महिला माथि कोभिडको खोप लगाएर अनुसन्धान गर्न थालिएको छ।

जब गर्भवती महिलाहरू कोभिडको खोपको लगाउने तयारीमा हुन्छन्, गर्भवती महिलाहरूले सुरक्षित र भरपर्दो सल्लाह लिनुपर्दछ, यो जरूरी रहेको विषेशज्ञको बुझाइ छ। रोयल कलेज अफ ओब्स्टेट्रिशियन र स्त्री रोग विशेषज्ञ (आरसीओजी)ले पनी गर्भवती महिलाले खोप लगाउँदा असर गर्ने प्रमाण नभेटिएको बताइएकोछ।

संयुक्त राज्यमा, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)को दृष्टिकोणमा कोभिडको खोप गर्भावस्थामा सुरक्षित रहेको भन्दै, गर्भवती महिलाले खोप लिन सक्दछन् भन्ने खबरले व्यापकता लिएको छ , तर यो सुनिश्चित गर्न पहिले उनीहरूले डाक्टरहरूसँग परामर्श गर्नुपर्छ। उनीहरू भन्छन् महिलाहरू गर्भवती हुँदा अन्य खोपको प्रयोग गरी राखेका हुन्छन्, जसको प्रभाव ज्यादै कम देखिन्छ।

गर्भावस्थामा खोपहरू लिनु सामान्य कुरा हो: फ्लु र रुबेला खोपहरू नियमित रूपमा गर्भवती महिलाहरूलाई दिइन्छ। यी खोपहरू गर्भवती महिलाहरूको लागि हानिकारक हुने भन्ने बारेमा कुनै तथ्य छैन वा सैद्धांतिक जोखिम पनि छैन। केहि संगठनहरू सावधानीको पक्षमा हुन सक्छन, तर गर्भवती महिलाहरूमा कोरोना भाइरसको खोपको भ्रम रोक्नको लागि एक समान दृष्टिकोण अपनाउनु बुद्धिमानी हुनेछ।

बेलायतको मेडिसिन्स र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले बताएको छ कि गर्भवती र स्तनपान गराउने महिलाले कोभिडको खोप लिन सक्छन्। सीडीसीले भनेको छ कि स्तनपान गराउने महिलाले खोप लगाउँदा सुरक्षा सम्बन्धि कुनै चिन्ता छैन। यस समाचारलाई स्तनपान गराउने महिलाहरूले हर्षको साथ स्वागत गरेका छन् उनीहरूले अब सुरक्षित रूपमा खोप लिन सक्छन्।

उपलब्ध तथ्यको समिक्षा गर्दा, गर्भवती र स्थनपान गराइ राखेका महिलाहरूले यो कोभिड खोपहरू सुरक्षित छ वा छैन; भन्ने बारेमा सामाजिक मिडियाहरूको दावीको सट्टामा, विशेषज्ञको सल्लाह पालन जरूरी रहेकोछ।स्रोत :अल्जजिरा

[sidebar name="button post"]