४ फागुन, काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार दुई सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]









