प्रहरीका १२१ जना जवानहरु हवल्दारमा बढुवा सिफारिस

४ फागुन, काठमाडौं  । नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य-सचिव सुभाष चन्द्र नेपालले जानकारी दिए।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको उनले जानकारी दिए। सोमबार बेलुका बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उप-मूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ‘संशोधन सहित’ को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार भएको जनाएको छ।

[sidebar name="button post"]