आजका मुख्य समाचारमा
सोमबार दाहाल-नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक बस्ने
१८ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नेकपाको ओली समूहविरुद्धको रणनीति तय गर्न सोमबारको लागि बैठक बोलाएको हो ।
संवैधानिक परिषदको नियुक्ति सिफारिस परिषदमै फिर्ता
१८ माघ, काठमाडौं । गएको पुष १ गते संवैधानिक परिषदले गरेको सिफारिश बमोजिम विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिको संसदीय सुनुवाई गर्ने समय सकिन लागेका बेला आज संसद् सचिबालयले परिषदमै नाम फिर्ता पठाएको छ ।
संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नागरिक समाज आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ । यसैक्रमा आज पनि ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक समाजले राजधानीको सिफलमा विरोधसभाको आयोजना गरेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित ?
१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनाको पीसीआर परीक्षण भएकोमा १०५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । जस मध्ये काठमाडौं उपत्यकामा ६८ जना थपिएका छन् ।
कोरोनाका कारण विदेशमा थप तीन नेपालीको निधन
१८ माघ, काठमाण्डौ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।
कुष्ठरोगको निवारणमा गण्डकी प्रदेश पहिलो स्थानमा
१८ माघ, गण्डकी । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ ।
माइनस १४ डिग्रीमा नियमित पठनपाठन गर्दै हुम्लाका विद्यार्थी
१८ माघ, सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन ।
चालू आर्थिक वर्षको छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो
१८ माघ, वीरगञ्ज। प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
फिजी : समुद्री आँधीमा परि एकको मृत्यु, पाँच बेपत्ता
१८ माघ, फिजी। दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
कांग्रेसले भोलि सरकारविरुद्ध संयुक्त जनप्रदर्शन गर्ने
१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आवद्ध १३ वटा भातृ संस्थाहरुले भोलि सरकारविरुद्ध संयुक्त जनप्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
डब्लुएचओको अनुसन्धान टोली उहानको बजारमा
१८ माघ, उहान। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ ।
पाँच वर्षपछि आजदेखि दरबार हाइस्कुलमा पठनपाठन सुरू
१८ माघ, काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल ‘भानु माध्यमिक विद्यालय’ मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।
जाडो मौसममा कालीकोटका बाढीपहिरो पीडितको बिचल्ली
१८ माघ, मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।
अब मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सककाे सुझाव
१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम रहेकाे चिकित्सकले बताएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउ चिकित्सकले सल्लाह दिएका हुन ।
नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित दुई पक्राउ
१८ माघ, कञ्चनपुर। सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।
ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
१८ माघ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो ।
नासाले पठाएको रोबोट मङ्गल ग्रहमा पुग्न तीन हप्ता लाग्ने
१८ माघ, एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन अझै तीन हप्ता लाग्ने भएको छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।
आफ्नी आमाको शव एक दशकसम्म फ्रिजभित्र लुकाएको आरोपमा एक महिला पक्राउ
जापानमा आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफूले घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको पक्राउ परेकी महिलाले बताएकी छन् ।
कस्तो छ तपाईंको यो साता ? हेर्नुहोस् माघ १८ गते देखि माघ २४ गते सम्मको तपाईंको साप्ताहिक राशिफल
आज माघ १८ गते आईतबार, कस्तो छ तपाईंको राशिफल ?












