रमिता दंगाल
१८ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी नगरपालिका वडा नं २ आल़ापोटस्थित नयाँ खुलेको विद्यालय मनास्लु वर्ल्ड सेकेन्डरी स्कूलले विभिन्न पदमा शिक्षकको लागि भ्याकेन्सी खुलाएको छ। विद्यालयले एकै चोटी लगभग १० जना भन्दा बढी शिक्षक कर्मचारीको लागि आवेदन माग गरेको हो।
विद्यालयले मन्टेश्वरी बोनाफाईड (विश्वसनीय, इमान्दार) ट्रेन्ड फ़ेसिलिटेटरको लागि भ्याकेन्सी खुलाएको विद्यालयका संचालक शिवप्रसाद देवकोटाले जानकारी दिनु भयो।
विद्यालयको भ्याकेन्सी यस प्रकार छन् :
१) अंग्रेजी फ़ेसिलिटेटर १ जना
२) नेपाली फ़ेसिलिटेटर १ जना
३) गणित फ़ेसिलिटेटर १ जना
४) बिज्ञान फ़ेसिलिटेटर १ जना
५) सामाजिक फ़ेसिलिटेटर १ जना
त्यसैगरी विद्यालयले निम्न उल्लेखित शिक्षक कर्मचारीको माग गरेको छ :
१) नर्सरी मन्टेश्वरी ग्रेड फ़ेसिलिटेटर १ जना
२) जुनियर मन्टेश्वरी ग्रेड फ़ेसिलिटेटर १ जना
३) सिनियर मन्टेश्वरी ग्रेड फ़ेसिलिटेटर १ जना
४) १ कक्षाको लागि मन्टेश्वरी ग्रेड फ़ेसिलिटेटर १ जना
त्यसैगरी विद्यालयले अनुभवी व्यक्तिलाई पहिलो प्राथमिकता दिने पनि जनाएको छ। त्यसैले इच्छुक व्यक्तिले २४ माघ सम्म आवेदन संगै आफ्नो बायो डेटा (व्यक्तिगत विवरण ) र सम्बन्धित डकुमेन्ट्सको फोटोकपी दिइसक्नु पर्नेछ । साथै थप जानकारीका लागि ०१-४१५६७४५, ९८५१००५१६५ मा सम्पर्क गर्न सक्नुहुनेछ।











