१८ माघ, भक्तपुर । सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी किशोरी आफ्नै कोठामा बलात्कृत भएकी छिन् । भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा ३१ वर्षीय विकास तज रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार किशोरी कोठामा एक्लै भएको मौका छोपी तजले जबरजस्ती करणी गरेको उजुरी परेको थियो । किशोरीले केही दिनअघि आफूमाथि जबरजस्तीकरणी भएको उजुरी दिएकी थिइन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।












