Ad #144479

१८ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नेकपाको ओली समूहविरुद्धको रणनीति तय गर्न सोमबारको लागि बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे बस्‍नेछ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्‍नेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपाकै दाहाल-नेपाल समूह भने संसद् पुनःस्थापनाको माग राख्दै सडक आन्दोलनमा छ ।

दाहाल नेपाल समूहले आफूसँग पार्टीको बहुमत केन्द्रीय सदस्यहरु रहेको भन्दै ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकेको छ । ओलीलाई हटाएपछि माधव नेपाल अध्यक्ष बनेका छन् ।