बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि

१५ पुष, एजेन्सी । बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । याे नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्।

सरकारी अधिकारीहरुले उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा अध्ययन भइरहेको बताएका छन् । तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको हाे।

गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए।हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन्। भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ।

यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्।

अमेरिकामा कोभिड-१९ बाट १ करोड ९४ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। मृत्यु हुनेको सङ्ख्या ३ लाख ३७ हजार पुगेको छ।

[sidebar name="button post"]