१५ पुष, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ को रजिष्ट्रेसन फारम खुला गरेको छ । २०७८ सालको लागि बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो ।
बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।
यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।
यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
सम्बन्धित विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।
पढ्नुहोस् राष्ट्रिय परीक्षा बोर्डको सूचना :










