१५ पुष, काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हल्का हिमपातको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार देशभरमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।
मौसमी बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै कर्णाली र गण्डकी प्रदेशको आकाशमा आज बादल लाग्ने सम्भावना छ ।
दिनभर बादल नलागे पनि पारिलो घाम पनि नलाग्ने छ । तराईमा बिहानतिर एकछिन कुहिरो लाग्नेछ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम आज सामान्यतया सफा नै रहने छ ।
राति पनि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँको आकाशमा बादल लाग्नेछ । यसैबीच आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १५ गते (बुधबार)
दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १६ गते (बिहीबार)
दिउँसो : सुदुरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १७ गते (शुक्रबार)
दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।









