आज मार्गशीर्ष शुक्ल पूर्णिमा, योमरी पर्व मनाइँदै

१५ पुष, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्ष अघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ ।

जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ ।

योमरीको शाब्दिक अर्थ ‘मन पराउने रोटी’ भन्ने हुन्छ । संस्कृतिविद् डा। जगमान गुरूङ योमरीमा राखिने चुच्चो भागले नयाँ वर्ष योमरीको चुच्चो जस्तै गरी दिन लामो हुँदै जान्छ भन्ने संकेतका लागि बनाउने गरिएको बताउनुहुन्छ । यही तर्कमा जोड दिँदै नेवारी संस्कृतिका जानकार डा. विनोदराज शर्मा योमरी पुन्हीलाई धान्य लक्ष्मीको आराधनाको पर्व मान्छन् ।

उनका अनुसार नेवार समुदायले पूर्णिमाको दिनमा कुठी ‘भकारी जस्तै धान राख्ने ठाउँ’ भित्र योमरी राखेर पूजा गर्ने गर्छन् । पछिल्लो समय कुठी प्राप्त गर्न कठिन भएका कारण धानको थुप्रो लगाएर योमरीले पूजा गर्ने चलन छ ।

त्यसको पनि आ(आफ्नो परम्परा अनुसारको विधिविधान हुन्छ । कसैले पिचा ९भोजमा चिउरा राख्ने भाँडो, ढकी जस्तै०मा राखेर पूजा गर्ने चलन पनि रहेको शर्मा बताउँछन् । धेरैले भने धान्य लक्ष्मीको मूर्ति बनाएरै पूजा गर्ने गरेको शर्मा बताउँछन् । उनका अनुसार योमरीको पनि छुट्टै आकार हुन्छ । कुनै योमरीको आकार चेप्टो खालको हुन्छ भने कुनै गोलो आकारको हुन्छ तर त्यसमा हुने चुच्चोले भने लम्बिँदो दिनलाई संकेत गर्ने गरेको शर्मा बताउँछन् ।

[sidebar name="button post"]