भारतमा तुफानले पाँच जनाको ज्यान गयाे, तीन जना घाइते

१२ मंसिर, काठमाडौं । भारतमा निवार नामक तुफानका कारण पाँच जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेको त्यहाँको गृहमन्त्रालयलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै प्रभावित नागरिकलाई सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आएका छन् । भारतकोे मौसम विज्ञान विभागले अबको दुईरतीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको सम्भावना भएको जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण तामिलनाडुमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

हिजो दक्षिण भारतमा आएको निवार नामक तुफानका कारण तीव्र गतिमा हावा चल्नुका साथै ठूलो पानी परेको थियो । त्यसपछि जनजीवन प्रभावित भएको छ ।

[sidebar name="button post"]