आज भारतीय विदेश सचिव गोरखा र मनाङ जाँदै 

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै छन । गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्ने कार्यक्रम रहेको छ ।

मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएका उनी हिजो दिनभर भेटघाटमा व्यस्त रहे ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो । उनी आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।

[sidebar name="button post"]