Ad #144479

भदाै ८,भारतको औषधि कम्पनी सीरम ईन्स्च्यिूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ ।

ईन्स्च्यिूटले सञ्चारमाध्यममा ७३ दिन भित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो । उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमती दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ ।

कोरोना विरुद्धको खोप नमूना परीक्षणमा सफल भए पछि र आधिकारिक रुपमा पुष्टि भए पछि मात्रै बजारमा जाने ईन्स्च्यिूटले प्रष्ट पारेको छ । भारतमा अहिलेसम्म ३१लाख ५ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा दिनहुँ संक्रमित ७० हजारकाे हाराहारीमा थपिएका छन् ।