Ad #144479

८ भदौ,  सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान अाकास खुलेजस्तो देखिए पनि दिउँसो र बेलुकीपख कतिपय ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने र केही ठाउँमा छोटो समयमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै बंगालको खाडिवाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, अहिले देशभरको मौसम सामान्य बदली भएको छ ।

प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसममा सामान्य बदली आउनेछ । देशका केही ठाउँमा भने हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिनुभयो ।

यस्तै आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १÷२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।