Ad #144479

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले शुक्रबार जानकारी दिएको छ ।  विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।