Ad #144479

सरकारले पछिल्लो समय धेरै सङ्क्रमितमा गम्भीर लक्षण देखिन थालेकोले उपचारको लागि आईसीयू बेड र भेन्टिलेटरको अभाव हुन सक्ने भएकाले निकै सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अहिले देशभर २६ सय आईसीयू र नौ सय भेन्टिलेटर रहेका छन् । कोरोनाको उपचारको लागि दुई सय ५० आईसीयू बेड र भेन्टिलेटर थपिएको उहाँले जानकारी दिनुभयो । दुई सय बेड थप्न प्रक्रिया अघि बढाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  काठमाण्डौ जस्ता घनाबस्ती भएका ठाउँमा कोरोना फैलिँदा अस्पताल र बेडको अभाव हुन सक्ने भएकाले कोरोनाबाट बच्न नागरिकलाई आग्रह गर्नुभयो ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म ७० जनाको मृत्य भइसकेको छ । ६६ जना सङ्क्रमित आईसीयू मा छन् भने तीन जना भेन्टिलेटरमा रहेका छन् ।