विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख ६५ हजार ९१७ पुगेको छ भने ६ लाख ९७ हजार ७९० जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख ६२ हजार २८५ पुगेको छ। । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि एक लाख ५८ हजार ९३१ पुगेको छ।
अमेरिकापछि ब्राजिलमा २७ लाख ५१ हजार ६६५ जना संक्रमित भएकोमा ९४ हजार ७०२ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा रहेको छ । भारत १८ लाख ५८ हजार ६८९ जनामा संक्रमण भएकोमा ३९ हजार २ भन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ६१ हजार ४२३ जना संक्रमित भएका छन् भने १४ हजार ३५१ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ४४ हजार १३४ संक्रमित भएकोमा २८ हजार ४७२ जनाले ज्यान गुमाएका छन् भने बेलायतमा ३ लाख ५ हजार ६२३ संक्रमित भएकोमा ४६ हजार २१० जनाको मृत्यु भइसकेको छ।