स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा केपी ओली नजाने

२० साउन , काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने वताउनुभएको छ । उहाले आफ्नो अनुपस्थितिमा हुने बैठकका निर्णयले पनि वैधानिकता नपाउने  बताउनुभयो । अहिलेको विषम परिस्थितीलाई ख्याल गर्न समेत आफ्ना दलका नेताहरुलाई उहाले सुझ्उनुभयो ।

यस बिच १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै नेतृत्वलाई हस्ताक्षर बुझाएका नेताहरुको आशालाई समेत ओलीले निराश बनाइदिनु भएको छ । असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक एजेन्डामा प्रवेश गर्ननै नसकि निष्कर्ष विहिन वन्दै आएको छ ।

सरकारका कामहरुको समीक्षा र कोभिड १९ रोकथामका उपायहरुको बारेमा बैठकको महत्वपूर्ण एजेन्डा  भएपनि ओलीले एकलौटी ढंगबाट अघि बढ्ने सोचाइ बनाएको  बहुमत केन्द्रीय सदस्यहरुको भनाइ छ ।