अस्ट्रेलिया र वेस्ट इण्डिजबीचकाे टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगित

साउन २०, अस्ट्रेलिया र वेस्ट इण्डिजबीचकाे टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ । अस्ट्रेलियाकाे क्रिकेट बाेर्डले मङ्गलबार वेस्ट इण्डिजसँगकाे सिरिज स्थगित गरिएको जनाएको हो । अस्ट्रेलिया र वेस्ट इण्डिजबीच आउँदाे अक्टोबरको सुरुवातमा टी–२० सिरिज खेल्ने तय भएको थियो ।

अस्ट्रेलियामा तय भएकाे आईसीसी टी–२० विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो तर विश्वकप एक वर्ष सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बाटो खुलेको छ ।