दक्षिण कोरियामा २४ घन्टामा ३४ जना सङ्क्रमित थपिए

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना भेटिएको जनाइएको छ ।

मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको छ। दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थपिएका थिए ।

यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना सङ्क्रमित भेटीएका बताइएको र थपिएका सङ्क्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु परेका पनि बताइएको छ ।

यहाँ सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको र सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना सङ्क्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको र दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ ।