कविता चापागाईं
शिक्षा पेसालाई अङ्गाल्दै अघि बढ्नु भएका सगिंतकर्मी शिव प्रसाद देवकोटाको नयाँ भजन युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
साउन महिना शिवको प्रिय महिना भएको हुदा यहिअवसर पारेर शिक्षाविद्, सगिंतकर्मी, तथा गायक शिव प्रसाद देवकोटाले आफ्नो ३३ औ सांगीतिक एल्बम शिव भजन बजारमा ल्याउनु भएको छ। यस भजनमा पण्डित हरिहर पोख्रेलको रचना र शब्द रहेको छ भने गायन र संगित तर्फ सङ्गितकर्मि देवकोटा आफैंले गर्नुभएको छ ।
यस भजन काठमाण्डौको बानेश्वर स्थित द पिक स्टुडियोमा रेकर्ड गरिएको हो । कागेश्वरीमनोहरा नगरपालिका थलीको माउण्ट एभरेष्ट मा. वि. का प्रिन्सिपल रहनु भएका देवकोटा तिम्ल्याहा छोराको पिता पनि हुनुन्छ । तिनै जना छोराहरु डाक्टर पेसामा आवद्ध हुनुहुन्छ ।
वि स २०४१ सालमा गायक नारायण गोपाल जस्तै बन्छु भनेर काठमाडौ आइयो तर आफ्ना सन्तानको लालनपालन, हुर्काउने र पढाउनेमा लाग्दा संगित प्रतिको सपना लाई निरन्तरता दिन सकिएन । अहिले आफ्ना सबै छोरा व्यवस्थित भएको र आफ्नो ओझेलमा रहेको सपनालाई अगाडि बढाउन र संगित क्षेत्रमा पैसा कमाउने भन्दा पनि नाम कमाउने इच्छा रहेको देवकोटा बताउनुहुन्छ ।












