चीनको युनानमा सलहले बाली सखाप

स्थानीय अधिकारीहरुका अनुशार चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बाली सखाप पारेको छन् ।

यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिनपरेको
विज्ञहरुको भनाई छ ।