जापानमा पनि टिकटक प्रतिबन्धको सम्भावना

जापानी प्रयोगकर्ताका डाटाहरु टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको आलोचना भएपछि जापानले पनि भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सम्भावना देखिएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ ।

मंगलबार भएको एक बैठकमा सत्तारुढ दलका सांसदहरुको एक समूहले टिकटकविरुद्धको कदम अगाडि बढाउने निर्णय गरेको छ । आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्रस्ताव सरकार समक्ष पेस गर्ने निर्णय जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सांसदहरुको टोलीले गरेको छ ।

भारतले टिकटकमा प्रतिबन्ध लगाएपछि आलोचनाको सिकार हुँदै टिकटकमाथि अमेरिकाले पनि बन्देज लगाउने तयारी गरिरहेको छ भने अष्ट्रेलिया सरकारले पनि टिकटकमाथि कडा कदम चाल्ने सम्भावना रहेको बताइन्छ । चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने टिकटकले स्पष्ट पारिसकेको छ ।

[sidebar name="button post"]