Nigerian soldiers are on patrol in October, after gunmen suspected of belonging to the Islamic State West Africa Province group raided the village of Tungushe, killing a soldier and three residents.
Ad #144479

बन्दुकधारीको एक ग्याङले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेको छन् ।

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य रहेका छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख आयुबाका अनुसार बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै खुल्नसकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको र घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।