नाइजेरियाको कोगी राज्यमा १४ जनाको हत्या

Nigerian soldiers are on patrol in October, after gunmen suspected of belonging to the Islamic State West Africa Province group raided the village of Tungushe, killing a soldier and three residents.

बन्दुकधारीको एक ग्याङले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेको छन् ।

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य रहेका छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख आयुबाका अनुसार बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै खुल्नसकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको र घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।