कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने

सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ ।

काठमाडौँमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ हुने र सुरक्षा निकायले योजना बनाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले बताउनु भयो।

देशैभरि कोरोनाको जोखिम बढ्दै गएकोमा सरकार थप चिन्तित भएको छ भने नागरिकले थप सतर्कता अपनाउनु पर्ने खतिवडाले बताउनुभयो । यस्तै कोरोना रोक्न सरकार मात्रै जिम्मेवार नभइ नागरिकको जिम्मेवारी झन् ठूलो रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नै पर्ने पनि खतिवडाले बताउनुभयो

[sidebar name="button post"]